४१ जिल्लामा चाडपर्वलाई लक्षित सुपथ पसल सञ्चालन
शनिबार, आश्विन ०१, २०७९ | १३:५४:४८
काठमाडौं : दशैँ, तिहार र छठलाई लक्षित गरेर ४१ जिल्लामा सुपथ पसल सञ्चालनमा आएका छन् । शनिबारदेखि काठमाडौं उपत्यकासँगै बाहिरी जिल्लामा सुपथ पसल सञ्चालनमा आएका हुन् । चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालनमा ल्याइएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सुपथ मूल्य पसरको उद्घाटन गरे । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी)मार्फत सुपथ पसल सञ्चालन हुँदै छ ।
यी सरकारी संस्थानले आफ्ना बिक्री केन्द्रमार्फत सुपथ पसल सञ्चालन गर्नेछन् ।