कैलाली : कैलालीमा करिब १५ सय घर परिवार डुबानमा परेका छन् । लगातारको वर्षासँगै आएको बाढीका कारण कैलालीमा करिब १५ सय घर परिवार डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।
कैलालीको पूर्वी क्षत्रका पाँच पालिकामा डुबानका कारण नागरिकलाई समस्या भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
उनका अनुसार कैलालीको जोशीपुर गाउँपालिकामा करिब चार सय, कैलारी गाउँपालिकामा एक सय ८०, टीकापुर नगरपालिकामा उक सय ७५, भजनीमा करिब ६ सय ८०, लम्कीचुहामा एक सय ५० घर डुबानमा परेका छन् । ती स्थानमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए ।



















