काठमाडौं उपत्यकामा एकैदिन २२ सय ३५ जना सवारी चालकलाई ट्राफिक प्रहरीले गर्‍यो कारवाही

काठमाडौं : काठमाडौं उपत्यकामा एकैदिन २२ सय ३५ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।ट्राफिक नियम उल्लंघन गरेको भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानबाट शनिबार २२ सय ३५ जना सवारी चालकलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २५६ जना, फुटपाथमा पार्किङ गर्ने १२७ जना, तीब्र गतिमा सवारी साधन चलाउने ८७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८६ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ७४ जना छन् ।

ट्राफिक प्रहरीले अवस्था ठीक नभएका सवारी साधन चलाउने ५८ जना र हर्नको अनावश्यक प्रयोग गर्ने ५६ जनालाई चिट काटिएको बताएको छ । यसैगरी रातो बत्तीको उल्लंघन गर्ने ३५ जना, सडक लेन उल्लंघन गर्ने २६ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २२ जना चालक कारबाहीमा परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस