बुधबार, पौष ०२, २०८२
सुनचाँदीको मूल्यमा सामान्य बृद्धि

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । आज आइतबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९१ हजार पाँच सय र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघले आजको कारोबार भाउ तोक्दै गत साताको शुक्रबारको तुलनामा १५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ पुगेको जानकारी दिएको छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा ११ सय ७० रुपैयाँ तोकिएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय