काठमाडौं : काठमाडौंको गैरीगाउँमा एक युवक मृत अवस्थामा फेला परेका छन् । दोलखाको तामाकोशी गाउँपालिका घर भएका ३० वर्षीय सुरज खड्का मृत भेटिएका हुन् ।
‘बाजेको सेकुवा’ अगाडि मुल सडकबाट तल खसेको अवस्थामा खड्का भेटिएका हुन् । उनले सिनामंगलस्थित सुकुम्बासी बस्तीमा किराना पसल सञ्चालन गरेका छन् । खड्काको शरीरमा चोटपटक देखिएको छ ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।




















