जुवातास खेलिरहेको अवस्थामा कपिलवस्तुबाट चार जना पक्राउ

कपिलवस्तु : शिवराज नगरपालिका-१ बस्ने ४५ वर्षीय खिमेन्द्र बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा वोहरा समेत ४ जनालाई  शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८३ हजार ५ सय ३५ रुपैयाँ, ५ सय भारतीय रूपैयाँ र नखोलेको १५ थान र खोलेको १३ थान गरी जम्मा २८ थान तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस