साईबर क्राईम न्यूनिकरणका लागि काभ्रे प्रहरीको सचेतनामूलक कार्यक्रम

काभ्रे : साईबर क्राईम न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

सामुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ११ स्थित श्री नमोबुद्ध भगवान ढुङ्गुठीमा अध्ययनरत विद्यार्थीहरु, शिक्षक शिक्षिकाहरुलाई आज (आइतबार) साईबर क्राईम न्यूनिकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उक्त कार्यक्रममा साईबर क्राईमको परिचय, साईबर क्राईबबाट हुने अपराध र कानुनी प्रावधानका विषयमा जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले प्रस्तुतीकरण दिएकी थिइन् ।

त्यस्तै जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ स्थित जोरपाटी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पनि साईबर क्राईम न्यूनिकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकोछ । सामुदाय प्रहरी साझेदारी अन्तर्गत उक्त विद्यालयको कक्षा ८,९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई आज सचेतनामूलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रहरी चौकी पाँचखालका प्रमुख सुरेश थापाले विद्यार्थीहरुलाई साईबर क्राईमको परिचय, साईबर क्राईबबाट हुने अपराध र कानुनी प्रावधानको विषयमा प्रस्तुतीकरण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस