अनधिकृत रूपमा बनेका संरचनामाथि पनौती नगरले चलायो डोजर

काभ्रे : जिल्लाको पनौती नगरपालिकाले अनधिकृत रूपमा बनेका संरचनामाथि डोजर चलाएको छ । अनधिकृत रुपमा बनेका संरचना हटाउनका लागि नगरपालिकाले आज वडा नं ६ को तरकारी बजारमा डोजर चलाएको हो ।

१० दिनअघि पनौती नगरपालिकाले सूचना जारी गर्दै मापदण्ड विपरित बनाएका संरचना हटाउन सूचना जारी गरेको थियो। तर, घर–टहरा बनाएर बसेकाहरूले अटेर गरेपछि नगरपालिकाले आइतबार डोजर चलाएको हो।

तरकारी बजारमा दशवटा घर-टहराले अनधिकृत रूपमा बसेकाले डोजर लगाएको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बताए। उनले २० वर्षदेखि सो क्षेत्रमा अनधिकृत रूपमा घर-टहरा रहेकाले त्यहाँ डोजर लागएर संचना हटाइएको हो ।

‘हामीले घर-टहराका मानिसहरूसँग सहमतिमै अनधिकृत घर(टहरा हटाएका हौ‌ंँ। सूचना जारी गरेपछि केहीे आफैँ हटाएको थियो।’ पनौती नगरपालिकाका प्रमुख भण्डारीले भने, ‘सूचनापछि पनि हटाउन नमान्नेलाई बाध्य भएर डोजर चलाएका हौँ। अन्य ठाउँमा पनि खोजी कार्य जारी छ, त्यस्तो पाइएमा हटाउँछौँ।’

नगरप्रमुख भण्डारीले सार्वजनिक सम्पत्तिमा घर-टहरा बनाएको छ भने अरू ठाउँ पनि हटाउने बताएका छन्। उनले नगरपालिका क्षेत्रभित्र रहेका अनधिकृत घर-टहरा सार्वजनिक जग्गा खोजी भइरहेको र त्यसको संरक्षण गर्ने दायित्व नगरपालिकाको रहेको बताए।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय