संविधान दिवसमा २८ जना पत्रकार तथा सञ्चारकर्मी विभिन्न पदकबाट विभूषित गरिने

काभ्रे : संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पदकबाट देशभरका २८ जना पत्रकार तथा सञ्चारकमीलाई विभूषित गर्ने घोषणा गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले घोषित सूची अनुसार नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनालाई समाजसेवा रत्न प्रदान गरिने भएको छ ।

त्यस्तै संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सञ्चारकर्मी तारा भूषण दाहाल (भूषण दाहाल) लाई सुप्रबल जनसेवाश्री दिने घोषणा गरेकी छन् । प्रबल जनसेवाश्री पत्रकारहरू जीवनप्रसाद पाण्डे, कृष्णप्रसाद बास्तोला, लक्ष्मीप्रसाद उपाध्याय, प्रकाशचन्द्र सुवेदी, सञ्चारकर्मीहरु सुरजसिंह ठकुरी र नारायणप्रसाद अधिकारी र फोटो पत्रकार हरि गोपाल प्रधानलाई दिने घोषणा गरिएको छ ।

पत्रकार शिवबहादुर पुरी, वैद्यनाथ झा, शेरबहादुर सिंह, विमला भण्डारी, दिलीप पौडेल, बाला अधिकारी, राजन कुइँकेल, बिमल योगी, अजराज बम र सञ्चारकर्मी दुर्गा अधिकारीलाई जनसेवाश्री दिने घोषणा गरिएको छ । राष्ट्र यशोवद्र्धक पत्रकार लोकमणि पौडेललाई विभूषित गर्ने घोषणा राष्ट्रपतिले गरेकी छन् ।

नेपाल सेवा प्रवीणबाट रोशनबहादुर खड्का, अभिशेख सोनी, चेतन पन्त, यमलाल भुषाल, गोपालकुमार झा, प्रकाश अधिकारी, टेकराज जोशी र उर्बशी बस्न्यातलाई दिने घोषणा गरिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय