पाँचखालमा ग्यास लिक भई आगलागी हुँदा एक भारतीय नागरिकको मृत्यु

काभ्रे : जिल्लाको पाँचखाल नगरपालिकामा आज (सोमबार) ग्यास लिक भई आगलागी हुँदा जलेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।

पाँचखाल नगरपालिका–४ पुरानो बजार डेरा गरी बस्ने भारत सिलामडी बखडी घर भएका ४२ वर्षीय शंकर साहको खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट उक्त कोठामा रहेका भाँडाकुँडा,लत्ताकपडा लगायतका सामाग्री जलेर नष्ट भएका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेबाट मुचुल्का सहितको टोली खटिएको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस