सोमबार, बैशाख १४, २०८३
पाँचौं काभ्रे महोत्सव आजबाट सुरु

काभ्रे : काभ्रेको बनेपमा आजदेखि पाँचौं काभ्रे महोत्सव सुरु भएको छ । काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा आज सोमबारबाट सुरु भएको महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मिलनबाबु श्रेष्ठले गरेका हुन् ।

महोत्सवको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दिपक गौतम, नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र सांघाई, केन्द्रीय सदस्यहरु सुरकृष्ण बैद्य, दिलसुन्दर श्रेष्ठ, नगर प्रमुखहरु धुलिखेलका अशोक ब्याञ्जु, बनेपाका शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना लगायतले महोत्सवले समग्र काभ्रे जिल्लाको समृद्धीका लागि थप आयाम थप्न सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए ।

महोत्सव बनेपा नगरपालीका वडा नम्बर ७ मा रहेको उग्रेश्वर मन्दिर परिसरमा असोज १५ गतेसम्म सञ्चालन हुनेछ । “व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि” भन्ने मूल नाराका साथ नेपालीहरुको महानपर्व दशैको पावन अवसरमा काभ्रेपलाञ्चोकको परम्परागत कला सस्कृति, औद्योगीक व्यापार, घरेलु, कृषि, पर्यटन प्रर्वद्धनको निमित्त काभ्रे महोत्सव २०७९ आयोजना गरिएको काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेँले जानकारी दिए ।

उनका अनुसार यसका लागी आवश्यक प्रक्रिया सकिएसँगैै महोत्सव स्थलमा स्टल निर्माण लगायत अन्य कार्यको तयारी भइरहेको छ । यस महोत्सवमा १०० भन्दा बढी स्टलहरु राखिने छन् ।

कोभिड १९ ले थलिएको अर्थतन्त्र उकास्नका लागी स्थानिय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै न्युन शुल्क लिएर जिल्ला भरि छरिएर रहेका उद्योग वाणिज्य संघमा दर्ता भएमा व्यवसायहरुलाई स्टल उपलब्ध गराउदा १५५ छुटको व्यवस्था रहेको काभ्रे उद्योग वाणिज्य संघका महासचिव रबिन्द्र बैदारले बताए । उनका अनुसार महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु,कृषि, घरेलु उद्योग, विभिन्न प्रकारका लत्ता कपडाहरु,खाद्यान्न,अटोमोबाईल,जुत्ताहरु,कृषि तथा हस्तकलाका सामाग्रीहरु,कृषि औजारका सामाग्रीहरुको स्टलहरु राखिनेछन् ।

त्यसैगरी महोत्सवमा बिक्रि हुने सामाग्रीहरुमा विशेष छुटको व्यवस्था हुने उनले बताए । मनोरञ्जनका लागी महोत्सवमा बाल उद्यान,रोटे पिङ,ड्रागन,नाउ,मिनि बञ्जी जम्प,वाटर बल्ब,मिकि माउस,टेम्पोलिङग,स्करपियोको आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हाँस्यव्यङ्ग तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिन रहनेछ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय