काठमाडौं : काठमाडौंको गोठाटारको कृष्ण मन्दिर आज साँझ नजिकै गोली प्रहार भएको छ । गोली प्रहारबाट एक जना घाइते भएको प्रहरीले जनाएको छ।
पल्सर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेर फरार भएका हुन्। गोली लागेर सर्लाही गोडैता नगरपालिका-२ मुस्लिम टोलका लाल मोहम्मल दर्जी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । उनका अनसार प्रहरीले गोली प्रहारमा संलग्नको खोजीकार्य तीव्र पारेको छ।
घटनास्थलमा अपराध अनुसन्धान महाशाखाको टोली र जिल्ला प्रहरी परिसरको प्रहरी टोली परिचालन गरिएको छ। घाइतेलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ।



















