साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपाल ३–१ ले पराजित
सोमबार, आश्विन ०३, २०७९ | २०:३४:३५
काठमाडौं : साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग नेपाल पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३१ ले पराजित भएको हो ।
साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हाफमा नै दुई गोल खाएको थियो । पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको थियो । दोस्रो हाफको ७० औं मिनेटमा नेपालले एक गोल फर्काएको थियो । तर बंगलादेशले पुन गोल गर्दै ३–१ ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पटक नेपाललाई पराजित गर्दै च्याम्पियन बनेको हो । नेपाललाई हराएर बंगलादेशले ऐतिहासिक सफलता प्राप्त गरेको छ ।