काभ्रे : काभ्रेमा स्थानीय तहको निर्वाचन २०७९ मा भाग लिएका तर निर्वाचन खर्च विवरण नबुझाउने ४५ जना उम्मेदवारलाई जरिवाना तोकिएको छ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ मा भाग लिएका तर निर्वाचन खर्च विवरण नबुझाउने ४५ जना उम्मेदवारलाई जरिवाना ताकेको हो ।
गाउँपालिकाका २० जना प्रमुख/उप–प्रमुख र नगरपालिकाका २५ जना अध्यक्ष /उपाध्यक्ष गरी ४५ जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । जरिवाना तोकिएका दुई जना बाहेक सबै उम्मेदवार स्थानीय तह निर्वाचनमा पराजित भएका छन् ।
गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेरदवारले जनही साढे तीन लाख र नगरपालिका प्रमुख र उपप्रमुखका उम्मेरदवारले जनही साढे ४ लाख जरिवाना तिर्नुपर्नेछ ।
निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण नबुझाएका उनीहरुको नाम सार्वजनिक गरेको आयोगले जनाएको छ । गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले जनही साढे तीन लाख र वडाअध्यक्ष तथा सदस्य पदका उम्मेदरवारले १ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ ।
निर्वाचित जनप्रतिनिधिले ६ महिनाभित्र तोकिएको जरिबाना नतिरे उनीहरुलाई कानुनी व्यवस्था अनुसार नै पदमुक्त गरिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको सूचि :





















