शनिबार, मंसिर २७, २०८२
श्रीखण्डपुर प्रा.विका विद्यार्थीलाई बालबालिका माथि हुने अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम

काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेले बालबालिका माथि हुने अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

समुदाय प्रहरी‌–साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजनामा जिल्लाको धुलिखेल नगरपालिका वडा नं ५ स्थित श्री श्रीखण्डपुर प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई आज बालबालिका माथि हुने अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

विद्यालयको कक्षा ३,४ र ५ का विधार्थीहरुसँग जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक राजकुमारी श्रेष्ठले आधारभूत सुरक्षा, राम्रो छुवाई नराम्रो छुवाई (Good touch and bad touch), बालबालिका माथि हुने अपराध,सडक सुरक्षा र १०० नंम्बर डायल सम्बन्धि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय