मंगलबार, बैशाख १५, २०८३
काठमाडौंको कपनमा आगलागी

काठमाडौं : काठमाडौँ कपन स्थित राम मन्दिर नजिकै आगलागी भएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

कपनमा आगलागी भएको जानकारी आए लगत्तै काठमाडौं र ललितपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले जानकारी गराएका छन् । त्यो विस्फोट ट्रेकिङ्गमा प्रयोग गरिने सिलिण्डरको हुन सक्ने अनुमान प्रहरीको अनुमान छ ।

दमकल तथा प्रहरीको सहयोगमा आगो निभाउने काम भइरहेको छ । यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय