खोलाले बगाएर दुई जनाको मृत्यु

दैलेख : दैलेखमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भैरवी गाउँपालिका २ का ४३ वर्षीय वीरबहादुर थापा र महाबु गाउँपालिका ३ का ४६ वर्षीय कृष्णबहादुर बुढा रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार बुधवार दिउँसो भैरवी गाउँपालिका-२ मा छामघाट खोला तर्ने क्रममा दुवै जनालाई बगाएको थियो । दुवै जनाको शव भैरवी गाउँपालिका-१ खोली बजार नजिकै छामघाट खोलाको झोलुङ्गे पुल नजिकै देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

दुवै जनाको शव पोस्टमार्टमका लागि दैलेख जिल्ला अस्पताल लगिएको डीएसपी शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस