झापामा खुकुरी प्रहारबाट एक जना भुटानी शरणार्थीको मृत्यु

झापा : झापामा खुकुरी प्रहारबाट एक जना भुटानी शरणार्थीको मृत्यु भएको छ । खुकुरी प्रहारबाट हुनेमा दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बसोबास गर्दै आएका एलबी गुरुङ नामले चिनिने ४६ वर्षीय लालबहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

झापा र इलामको सीमा नजिक पर्ने रतुवा खोलाको पुलमा बुधवार अपराह्न साढे ४ बजे गुरुङमाथि खुकुरी प्रहार गरिएको थियो।

गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेको थियो। त्यसपछि घटनास्थल पुगेका प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि लाइफलाइन अस्पताल पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस