
कपिलवस्तु : पोखरीमा डुबेर कपिलवस्तुमा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका २ कर्महवा बस्ने २२ वर्षिया रिमा यादव र उनको ६ महिने छोरा रहेका ईलाका प्रहरी कार्यालय पकडीले जानकारी दिएको छ ।
घरदेखि करिब २५ मिटर पूर्व रहेको सार्बजनिक पोखरीमा डुबेका आमा छोराको बुधबार मृत्यु भएका ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।