मंगलबार, बैशाख १५, २०८३
भक्तपुरमा बसको ठक्करबाट एक बृद्धाको मृत्यु

भक्तपुर : भक्तपुरमा बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । पर्यटक बसले ठक्कर दिंदा भक्तपुर नगरपालिका–१ दूधपाटीकी ७२ वर्षीय दिलमाया श्रेष्ठ भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक चोक स्थितमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा१प १५५१ नं को बसले राति बुधबार राति साढे ८ बजेतिर ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको डा. ईवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय