रोशीका पाँच वटा विद्यालयमा ‘एक विद्यालय एक कम्युटर’ कार्यक्रम
काभ्रे : जिल्लाको रोशी गाउँपालिकाको पाँच वटा विद्यालयमा ‘एक विद्यालय एक कम्युटर’ कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत आज (शुक्रबार) रोशी गाउँपालिका भित्रका विभिन्न ५ विद्यालयहरुमा प्रिन्टर सहित कम्युटर वितरण गरिएको छ ।
गाउँपालिकाको बजेटबाट विद्यालयमा पठनपाठन कार्यलाई सहज बनाउन एवं हस्तलिखीत कार्यहरुलाई कम्प्युटर प्रविधिबाट अघि बढाउन प्रिन्टर सहित कम्युटर वितरण गरिएको हो । गाउँपालिका भित्रका अन्य विद्यालयहरुमा पनि कम्युटर वितरण प्रकृया भईरहेको बताईएको छ ।
गाउँपालिका अध्यक्ष दिनेस लामा , प्रमुख प्रशासकिय अधिकृत राम लामा , सम्बन्धित विद्यालयका प्रधान्याध्यापक एवं विद्यालय व्यवस्थापन समिति अध्यक्षको उपस्थितिमा विद्या विकास प्राथमिक विद्यालय , महाकालि देवि प्राथमिक विद्यालय , बुद्धि बिनोद प्राथमिक विद्यालयमा , जन आदर्श प्राथमिक विद्यालयमा र भुवनेश्वरी प्राथमिक विद्यालयमा प्रिन्टर सहित कम्युटर वितरण गरिएको हो ।