सामाजिक उत्तरदायित्व बहन गर्दै झिगु सहयोगी साकोस
काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र रहेको झिगु बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा झिगु सहयोगी साकोसको १५ औं वार्षिक साधारण सभा सम्पन्न शनिबार सम्पन्न भएको हो ।
सहकारीको साधारण सभामा देखिएको उपस्थितीले सहकारीले सामाजिक उत्तरदायित्व बहन गरिरहेको नगर प्रमुख शाक्यले बताए । सामाजिक उत्तरदायित्व अन्तरगत सहकारीले काम गर्न र कम्तिमा मुल सडक देखिने गरेर सिसी क्यामेरा मात्रै राख्न अनुरोध उनले अनुरोध गरे ,
सहकारीको भिडमा झिगु सहयोगीले फरक ढंगले काम गरेको बताउँदै सहकारीको मूल्य र मान्यतालाई आत्मसाथ गरेको पाइएको स्पष्ट पारे । सहकारीसँग समन्वय गरेर आफूले काम गर्न चाहेको नगर प्रमुख शाक्यले बर्ता ।
साधारण सभाको सभापतित्व गर्दै संस्थाका अध्यक्ष बुद्धरत्न मानन्धरले सहकारीले सहकारीको मर्मलाई आत्मसाथ गरेको बताए । उनका अनुसार सहकारीमा आफुहरुले समान आय स्रोत भएका सदस्यसँग मिलेर काम गरिरहेको बताउँदै सकेसम्म उदाहरणीय काम गर्ने प्रयास गरेको छ । आफ्नो सहकारीमा एउटै आय स्रोत भएका सदस्य रहेको र सबै मिलेर सहकारीको बृद्धि विकास गरेको उनले बताए ।
संस्थाका उपाध्यक्ष टिकाराम मानन्धरले स्वागत मन्तव्य राख्दै सहकारीले गरेका प्रगतिको बारेमा प्रष्ट्याएका थिए । सहकारीको साधारण सभाको संचालन सचिव दिपा मानन्धरले गरेकी थिइन् । २०६४ सालमा स्थापना भएको सहकारीमा हालसम्म १३७० जना सेयर सदस्य रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
सहकारीका कोषाध्यक्ष नवराज मानन्धरले एक वर्षमा भएको आर्थिक प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवेदन अनुसार १० करोडको कारोबार, ८ करोड ऋण लगानी रहेको छ ।सो अवसरमा लेखा सुपरीवेक्षण समितीका संयोजक पुरुषोत्तम मानन्धरले लेखा प्रतिवेदन पेस गरेका थिए ।
साधारण सभामा पत्रकार केशवराज पौडेले यस सहकारी मजदुरको एउटा सुखदुःखको सहयात्रीको रुपमा रहेको बताए । सहकारीको साधारण सभाको अवसरमा १० वर्षसम्म नियमित रुपमा बचत गर्ने एक जना सदस्यलाई भत्ता वितरण गरिएको थियो ।
त्यस्तै नियमित बचत गर्ने, बचतकर्ता,बाल बचतकर्ता, ऋणीलाई सम्मान गरिएको थियो । साधारण सभामा काभ्रेका कृयाशिल पत्रकार, सहकारीका अधिकाशं सदस्यको उपस्थिती रहेको थियो ।