चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाइते

पर्सा : पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

वीरगञ्जको छपकैया इदगाह चोकमा चट्याङले लागेर आज बिहान तीन जना घाइते भएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको हो । घाइते दुई जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, पर्साकै विन्दवासिनीको अमरपट्टीमा पनि चट्याङ् लागेर एक जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस