बुधबार, पौष ०२, २०८२
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

महोत्तरी : महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय लक्ष्मण साह हलुुवाई रहेका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा लक्ष्मणलाई हिजो साँझ मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएको उनको उपचारका क्रममा प्रदेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

पैदल हिडिरहेका उनलाई हिजो साँझ सवा ५ बजे प्रदेश २–०२–००१ प ७५७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय