मंगलबार, बैशाख १५, २०८३
बाग्लुङमा अरिंगालले टोक्दा एक जनाको मृत्यु

बाग्लुङ : बाग्लुङमा अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जैमिनी नगरपालिका–७ का ४३ वर्षीय ज्ञानबहादुर राना रहेका छन् ।

ज्ञान बहादुर सोमबार राति घर नजिकैको जंगलमा अरिंगाल पोल्न गएका थिए। यस क्रममा अरिंगालले टोकेर उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्यचौकीमा सामान्य उपचार पछि घर फर्किएका उनको मंगलबार बिहानै मृत्यु भएको हो।

सिफारिस

ताजा समाचार

लोकप्रिय