सुनचाँदीको मूल्यमा सामान्य गिरावट
मंगलबार, आश्विन ११, २०७९ | १२:३४:०१

काठमाडौँ : नेपाली बजार आज (मंगलबार) सुन–चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य प्रति तोला दश रुपैँयाले घटेको छ। आज चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा खरिद–बिक्री भएको थियो।