विदेशी पर्यटकलाई पनौती पर्यटन विकास केन्द्रले गर्यो स्वागत
मंगलबार, आश्विन ११, २०७९ | १३:२१:४७
काभ्रे : विश्व पर्यटन दिवसको अवसरमा आज पनौती प्रवेश गर्ने विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ । काभ्रेको पनौती भ्रमणमा आएका विदेशी पर्यटकको समूहलाई ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा पनौती पर्यटन विकास केन्द्रले स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पर्यटकहरुलाई स्वागत तथा सम्मान गरेका थिए । यस्तै पर्यटन दिवसको अवसरमा केन्द्रले बाजा सहितको र्याली निकालेर पनौती बजार परिक्रमा गरेको थियो ।
यसका साथै सोही अवसरमा केन्द्रले वृक्षरोपण कार्यक्रम पनि सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख, प्रहरी चौकी पनौती, समाजसेवी, लगायतले वृक्ष रोपण गरेका थिए ।