बुधबार, पौष ०२, २०८२
सुनसरीमा करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

सुनसरी : सुनसरीमा करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ ।

सुनसरीको दुहबी नगरपालिका -३ मा रहेको नेपाल विद्युत् प्राधिकरणको ग्रिड शाखामा कार्यरत बुढिगंगा गाउँपालिका-४ का ४१ बर्षीय महमत साबिर मियाँको करेन्ट लागेर मृत्यु भएको हो ।

सोमबार बेलुका कार्यालय पेरिमिटरभित्र पानी चलाउने मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएका थिए। मियाँलाई उपचारको लागि विराट मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय