साम्राज्ञी र पुष्प अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ २९ पुसमा प्रर्दशन हुने
मंगलबार, आश्विन ११, २०७९ | १६:५१:३५
काठमाडौं : अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र अभिनेता पुष्प खड्का अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ २९ पुसमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्माता तथा निर्देशक रमेश एमके पौडेलले आज (मंगलबार) फिल्म प्रर्दशन मिति घोषणा गरेका हुन् ।
प्रेम कथामा निर्माण भएको फिल्ममा साम्राज्ञीको जोडी अभिनेता पुष्प खड्का बनेका छन् । फिल्ममा सन्दीप क्षेत्री र सरोज खनालको समेत मुख्य भूमिका रहेको छ । फिल्मको पटकथा लेखन तथा कार्यकारी निर्माण चाहिं सबीर श्रेष्ठले गरेका छन् । फिल्ममा शिव ढकालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन छ ।
बोधी एचडी र आर्यन फिल्मस्को ब्यानरमा बनेको फिल्म नेपाल भन्दा पहिले अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका देशहरुमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।