सुनको मूल्यमा सामान्य बृद्धि
बुधबार, आश्विन १२, २०७९ | १४:२०:५१

काठमाडौं : नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ६ सय, तेजावी सुनको मूल्य ९१ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ४ सय र तेजावी सुन ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार १ सय ४५ रुपैँया कारोबार हुने महासंघले जनाएको छ ।