ट्राफिक नियम उल्लंघन गर्ने ३१ सय ३८ जना सवारी चालकलाई कारवाही

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ३१ सय ३८ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३२ जना, लेन अनुशासन पालना नगर्ने ३३ जना, रेड लाइटमा सवारी साधन चलाउने ४० जना, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ जना र नम्वर प्लेट राम्रोसँग नराख्ने ३० जना चालक रहेका छन् ।

यस्तै २ हजार ७६६ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस