चट्याङ लागेर सुनसरीमा दुई जनाको मृत्यु
बुधबार, आश्विन १२, २०७९ | १५:०७:५१

सुनसरी : सुनसरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालयसुनसरीले जनाएको छ ।
भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा परेर रीतादेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
उनका अनुसार त्यस्तै गरी घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको मृत्यु भएको हो ।