डेंगु संक्रमणबाट नेपालमा ३६ जनाको मृत्यु

काठमाडौं : नेपालमा हालसम्म डेंगु संक्रमणबाट ३६ जनाको मृत्यु भएको छ। साउनदेखि हालसम्म देशभर ३६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगु संक्रमण देखिएको छ।

त्यस्तै, लुम्बिनीमा ३ हजार ५०, सुदूरपश्चिममा ८२१, प्रदेश १ मा ८१५ गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस