मकवानपुर: नेपालीहरुको महान पर्व दशैँ संघारमै छ । वडा दशैँको पावन अवसरमा सशस्त्र प्रहरी वल नेपाल गण नं १४ हे.क्वा मकवानपुरले दशै शुभकामना आदन प्रदान तथा वडाखाना कार्यक्रम सञ्चालन गरेको छ । सशस्त्र प्रहरीले आज कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी वल नेपाल गण नं १४ हे.क्वा मकवानपुरका प्रमुखले उपस्थित सम्पूर्णमा शुभकामना व्यक्त गरेका थिए । त्यस्तै, कार्यक्रममा सशस्त्र प्रहरीका कर्मचारीले नाँचगान, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।





















