रौतहट : रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको पश्चिम भेगको फतुवा विजयपुर नगरपालिका ५ डुमरियाका गगनदेव महतोको ५० वर्षीय श्रीमती जसोधियादेवी महतो रहेकी छिन् ।
आफ्नै खेतमा लगाइएको बालीलाई जंगली जनावरबाट बचाउन लगाएको विद्युतको तारबाट करेन्ट लागेर बुधबार साँझ महतोको मृत्यु भएको घ इलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र धमलाले जानकारी दिए ।
उनका अनुसार मृतक महिलाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।




















