एकैदिन १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य १२ सय रुपैयाँ बढेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

जसको मूल्य बुधबार छापावाल सुन प्रतितोला ९१ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस