बुधबार, आषाढ २४, २०८३
नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु

नुवाकोट : नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको पुर्वी भेग स्थित शिवपुरी गाउँपालिका वडा नं ६, फेदीगाउँका स्थानीय ६५ वर्षीय इन्द्रबहादुर पाठक रहेका छन् ।

घर पोत्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। करेन्ट लागेर बेहोस भएका पाठकलाई उपचारार्थ काठमाडौं वसुन्धरास्थित विपी स्मृति अस्पताल लगिएकोमा सोही स्थानमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक हेमराज पौडेलले बताए।

सर्वसाधारणलाई प्राविधिक बेगर आफैं अनावश्यक विद्युतीय कार्य नगर्न र विद्युतीय उपकरण अनावश्यक रूपमा नचलाउन सुरक्षा निकायले आग्रह गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय