मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ एक युवकको मृत्यु
आइतबार, आश्विन १६, २०७९ | २०:४१:५४
काठमाडौँ : काठमाडौँमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महानगरपालिका१२ बस्ने २५ वर्षीय श्रद्धय पासा श्रेष्ठ रहेका छन् ।
शनिबार काठमाडौको टेङ्गाल चोकमा बा९४ प ८४३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।