दाङ : दाङमा खोलाको बाँधमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका ६ गाइडरका १४ वर्षीय अभिषेक भुसाल रहेका छन् । पौडी खेल्ने क्रममा ग्वार खोलामा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज आइतबार दिउँसो साढे ३ बजे उरहरी कुलाको बाँधमा पौडी खेल्ने क्रममा अभिषेक डुबेका थिए । उनी डुबेको जानकारी पाएलगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी गर्दा तीन घण्टापछि हिलोमा गाडिएको अवस्थामा मृत भेटिएको तुलसीपुर ६ वडाध्यक्ष दुजमान भण्डारीले जानकारी दिए ।
उनका अनुसार पौडी खेल्न उनीसँगै तीन जना गएका थिए ।



















