ट्राफिक नियम उल्लंघन गर्ने १५ सय सवारी चालकलाई कारवाही

काठमाडौं : काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १५ सय सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी एकै दिन १ हजार पाँच सयलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

आइतबार एकै दिन एक हजार पाँच सय सवारीसाधनलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह प्रवक्ता एसपी अवदेश विष्ट क्षेत्रीले जानकारी दिए । उनका अनुसार न्यून मात्रामा सवारीसाधन चलेको भए पनि मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन कायम नगर्ने, लापरबाहीपूर्वक सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने सवारी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।

एसपी विष्टका अनुसार आइतबार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने २ सय १० सवारीसाधन र चालकलाई कारबाही गरिएको छ । खुला सडक हुँदा लापरबाहीपूर्वक सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने र लेन अनुशासन पालना नगर्दा न्यून सवारीसाधन चल्दा पनि दुर्घटनाको सङ्ख्या धेरै भएको ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस