हुम्लामा सर्पले टोकेर एक जनाको मृत्यु
मंगलबार, आश्विन १८, २०७९ | १७:०६:५५
हुम्ला : हुम्लामा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । सर्पको टोकाइबाट मृत्यु हुनेमा अदानचुली गाउँपालिका –३ का छप्की पार्की रहेका छन् ।
खर्कमा राति सुतेको अवस्थामा सर्पले टोकेपछि अचेत बनेका पार्कीलाई मोटरसाइकलमा स्वास्थ्य चौकी लैजाने क्रममा मृत्यु भएको मृतकका बुवा हस्त पार्कीले जानकारी दिए ।
हिजो साँझ पार्की खाना खाएर सुतेको अवस्थामा सर्पले टोकेपछि बिहान बेहोस अवस्थामा परिवारका सदस्यले उनलाई फेला पारेका थिए । थाहा पाए लगत्तै उपचारका लागि अस्पताल ल्याए लगत्तै उनको मृत्यु भएको थियो ।