मंगलबार, बैशाख १५, २०८३
खोलामा नुहाउन गएका दुई जना बालकको डुबेर मृत्यु

दाङ : दाङमा खोलामा नुहाउन गएका दुई जना बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षीय गुइठे कुमाल र सोही ठाउँ निवासी १२ वर्षीय ललित कुमाल रहेका छन् ।

मङ्गलवार दिउँसो साढे ३ बजे लमहीको अर्जुनखोला पुल मुनि नुहाउन गएको बेला खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलवार दिउँसो पाँच जनाको समूह अर्जुनखोलामा नुहाउन गएको र सोही क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको हो ।

मृतकको शव अहिले लमही अस्पतालमा राखिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय