घाँटीमा मासु अड्किएर लमजुङमा एक र चितवनमा एक जनाको मृत्यु

लमजुङ : घाँटीमा मासु अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका ९ सिम्पानीका ४९ वर्षीय शम्शेरबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
मासु निल्ने क्रममा घाँटीमा अड्किएपछि परियारलाई खुदीस्थित स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याएको थियो । चिसित्सकले उपचार गर्नका लागि जाँच गराउने क्रममा उनको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन जिल्लाको कालिका नगरपालिका वडा नं।८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सोमबार साँझ करिब ७ः३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।