पर्वत : कुश्मा नगरपालिका-७ दुर्लुङग चोक बस्ने ३५ वर्षीय लुपेन्द्र पुन र नवलपरासी सुनौल नगरपालिका-७ बस्ने ३३ वर्षीय विक्रम राना मगरलाई नियन्त्रित लागूऔषध डाइजेपाम ४९ एम्पुल, नोर्फिन ४९ एम्पुल र फनारगन ४९ एम्पुल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पुनको घरमा अवैध लागूऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले कोठामा लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।