नेपालमा डेंगु संक्रमणबाट ४१ जनाको मृत्यु

काठमाडौं : नेपालमा अहिलेसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो।

डेंगुका बिरामीको संख्या पनि ३१ हजारभन्दा नाघेको छ। हालसम्म डेंगुका बिरामीको संख्या ३१ हजार १ सय ६९ पुगेको छ। यो संख्या नेपालमा डेंगु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस