बुधबार, पौष ०२, २०८२
निर्वाचन : प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा हुने

काठमाडौं : निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि समय सिमा निर्धारण गरेको छ । आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ।

मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार (प्रत्यक्ष) निर्वाचनतर्फको मनोनयन पत्र दर्ता गर्ने दिन यही आश्विन २३ गते आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेको ब्यहोरा सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

समानुपातिकतर्फको बन्द सुचीको नाम पेस गर्ने र सच्चाउने काम सम्पन्न भए पछि आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि मिति र समय तोकेको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय