बुधबार, पौष ०२, २०८२
सन्दीप लामिछाने आज स्वदेश फर्किंदै

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदैछन् । जबर्जस्ती करणी आरोप लगेका लामिछाने अनुसन्धानलाई सहयोग गर्न नेपाल आउन लागेका हुन्।

उनी कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेका हुन् । स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका हुन् । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनले उल्लेख गरेका छन् ।

उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियनल लिग खेल्न नेपालबाहिर थिए

सिफारिस

ताजा समाचार

लोकप्रिय