काभ्रे : मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाकोे निर्वाचनका लागि काभ्रेमा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रेशम लामाले टिकट पाएका छन् । यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गोकुल बास्कोटाले टिकट प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेश तर्फ १ (क) मा दिल बहादुर लामा (दिलिप) र १ (ख) मा चन्द्र लामाले निर्वाचनका लागि टिकट पाएका छन् । यस्तै प्रदेशतर्फ २ (क) मा कुमार खकुरेल र २ (ख) मा कुमार थापाले टिकट पाएका छन् ।
एमालेले उम्मेदवारको टुंगो लगाइसक्दा सत्तारुढ गठवन्धनमा भने अझै अन्योल कायमै देखिएको छ ।



















