एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन
शनिबार, आश्विन २२, २०७९ | १४:१६:२०
काठमाडौं : नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले ढुंगेलको निधन भएको पुष्टि गरेका छन्।
लामो समय जेलमा रहँदा उनलाई ढुंगेल मुटु तथा मिर्गौला रोगबाट पीडित थिए। ढुंगेल आफ्नै घरमा मृत भेटिएको बताइएको छ। उनको घरकै बाथरुममा लडेर उनको निधन भएको जनाइएको छ। यसअघि नेकपा माओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत हुन्।
पहिले माओवादीका नेता रहेका ढुंगेलले नेकपा फुटेपछि एमाले रोजेका थिए। ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको २०५५ सालमा भएको हत्यामा उनी दोषी ठहर भएका थिए। उनी पूर्व संविधानसभा सदस्य समेत हुन्।