मंगलबार, बैशाख १५, २०८३
२० किलो चरेशसहित बाराबाट तीन जना पक्राउ

बारा : २० किलो चरेशसहित बाराबाट तीन जनालाइर्रु सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं १९ नगवाका मुकेश श्रीवास्तव, वीरगञ्ज महानगर वडा नं २ छपकैयाका मुस्तफा देवान र अटो चालक बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं १ का मुस्ताज देवान रहेका छन् ।

उनीहरुलाई बारा जिल्लाको पचरौताबाट सशस्त्र प्रहरीले २० किलोग्राम लागू औषध चरेशसहित पक्राउ गरेको हो ।पचरौता नगरपालिकाको वडा नं. ७ स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको टोलीले चेकजाँचको क्रममा सो चरेश बरामद गरिएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरले जानकारी दिए ।

उनका अनुसार ना १ ह ६२३४ नम्बरको अटोमा २ ओटा ग्यालिनमा लुकाएर भारततर्फ लैजान लागिएको अवस्थामा सो परिमाणको चरेश बरामद गरिएको हो । बरामद भएको लागूऔषध र अभियुक्तहरुलाई कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले बताएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय